काठमाडौं, ८ फागुन । कांग्रेसको महाधिवेशन नजिकिएसँगै केन्द्रीय नेतृत्वको रस्साकस्सीमा संस्थापन पक्ष र देउवा पक्ष लागेका छन् ।
दुई गुटमा विभाजित कांग्रेसभित्र संस्थापन पक्ष बलियो त छ तर एकजुट छैन् ।
नेतृत्व लिन संस्थापन पक्षबाट अघि बढेका कार्यवहाक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षकै प्रभावशाली नेताहरुको समर्थन जुटाउन सकेका छैनन् । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
‘माने पनि नमानेपनि कांग्रेसभित्रको संगठन कि कोइरालाको हो कि देउवाको हो, पौडेलको छैन’, १३ औं महाधिवेशनमा सभापतिका आकांक्षी कार्यवहाक सभापति पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाको समभावनाबारे नेता विमलेन्द्र निधिले पौडेललाई कमजोर सावित गर्दै भनेका यी भनाइ सही हुन कि गलत दुई साताभित्रै थाहा हुनेछ ।















प्रतिक्रिया