
– सुदीप निउरे
क्वालालम्पुर, ७ फागुन । मलेसियामा कति नेपालीले काम गरिरहेका छन ? भन्ने प्रश्न कसैलाई सोध्यो भने ८ देखि १० लाखको हाराहारीमा छन् भन्ने गरेको हामी सुन्छौ । नेपाल सरकार होस वा सरकार मातहतको कार्यालय लगायत सर्बसाधारण सबैले अनुमानित यहि संख्या मात्र जानकारी दिने गर्छन ।
तर, मलेसिया सरकारले यहा बैधानिक रुपमा बसेर काम गर्ने नेपालीको पछिल्लो संख्या भने निक्कै थोरै सार्बजनिक गरेको छ । मलेसियामा ५ लाख २६ हजार ९ सय ३३ जना नेपाली मात्र बैधानिक भएको जानकारी दिईएको छ । यहांका मानव संशाधन मन्त्री दातुक सेरी रिचर्ड रियोट दंगाले दिएको जानकारी अनुसार आप्रवासी कामदार मध्य नेपालीको संख्या यो दोस्रो ठूलो हो ।
यहाँ कती नेपाली अबैधाकिन छन भन्ने जानकारी न त मलेसिया सरकारसंग छ, नत नेपाल सरकारसंग छ । मलेसियामा रहेको नेपाली राजदूतावासको आंकडामा झण्डै १० हजार नेपाली यहां अबैध छन् । तर १० हजार भन्दा बढि नै नेपाली यहां अबैधानिक तरिकाले काम गरिरहेको अनुमान छ । बैधानिक र अबैधानिक नेपालीको आंकडा जोड्दा मलेसियामा कुल नेपालीको संख्या ५ लाख ३६ हजार ९ सय ३३ जना हुन आउंछ ।
नेपाल भन्दा अगाडि पहिलो नम्बरमा ईण्डोनेसिया पर्दछ । ईण्डोनेसियाबाट रोजगारीकालागि आएका ८ लाख २८ हजार २ सय ८३ जना यहां बैधानिक तरिकाले काम गरिरहेका छन् । यस्तै बंगलादेशी कामदारको संख्या २ लाख ८२ हजार २ सय ८७ रहेको मानव संसाधन मन्त्री दंगाले बताए ।
यसैगरी एक लाख २६ हजार भारतीय नागरिक मलेसियामा काम गरिरहेका छन । उता म्यानमारबाट आएका एक लाख ४३ हजार ५६ जना यहां बैध तरिकाले काम गरेका छन् ।
यस्तै थोरै संख्यामा यहां काम गर्न आउनेका कम्बोडियन पर्दछन् । कुल ८ हजार ५ सय ४८ कम्बोडियनले यहां बैधानिक कामदारको हैसियतमा काम गरिरहेका छन् । भियतनाम, पाकिस्तान लगायत मुलुकबाट पनि ठूलो संख्यामा कामदार रोगगारीका लागी आएका छन् ।
कुल २१ लाख ३५ हजार बैधानिक कामदारले मलेसिया सरकारलाई लेबी बुझाउदै आएपनि अबैधानिक आप्रवासी कामदार कति छन् भन्ने लेखा जोखा छैन् । अघिल्लो बर्ष सन २०१५ मा २ लाख अबैधानिक कामदार पक्राउ गरि सम्बन्धित उनीहरुको देश फिर्ता गरिएको सरकारले जानकारी दिएको छ ।
गत बर्ष ५५ हजार अबैधानिक नेपाली दुतावासको सहयोगमा स्वदेश फर्किएका थिए । मलेसियाले बिद्यमान १७ प्रतिशत बिदेशी कामदारको परनिर्भरतालाई सन २०२० भित्र १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।















प्रतिक्रिया