काठमाडौं, ५ फागुन । तोकिएको समयभन्दा निक्कै ढिला गरेर सुरू भएको संसदको बैठक मधेसी मोर्चाले फेरि बहिष्कार गरेको छ । यसअघि हिजो बसेको संसद बैठक भने मधेसी मोर्चाले बहिष्कार गरेको थिएन ।
सांसद नरसिंह चौधरीले मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
संसदको बैठक सुरू हुनेवित्तिकै समय लिएर बोल्दै सांसद चौधरीले आफूहरूको आन्दोलन र मागलाई सुनुवाइ गर्न सरकार तयार नरहेको बताए ।
उनले आफूहरूको अधिकारको आन्दोलन जारी रहेको भन्दै आजको संसद बैठक बहिष्कारको घोषणा गरे ।
बिहान एघार बजेका लागि बोलाइएको संसद बैठक दलहरूको व्यस्तताका कारण ढिला गरेर सुरू भएको हो ।















प्रतिक्रिया