
– नरेश केसी
भैरहवा, फागुन ४ । साहित्यकार यम बहादुर यम बहादुर पौडेल क्षेत्रीलाई भैरहवामा स्वागत गरिएको छ ।
मितेरी, सोह्र सृष्टि सोह्र दृष्टि, फोर्टिन फ्लावर अफ नेपाल जस्ता कृर्तिका कृतिकार प्राध्यापक डा. क्षेत्रीलाई सिद्धार्थ साहित्य परिषद रुपन्देहीले स्वागत गरेको हो ।
विक्रम सम्बत २००८ सालमा स्यांग्जाको लाकुरी सेतिदोभान ८ मा जन्मेका साहित्यकार प्रा.डा. क्षेत्री जनप्रीय साहित्य समाज पोखराका अध्यक्ष, गण्डकी साहित्य संगम पोखराका पुर्व उपाध्यक्ष, पोखरा इंग्लीस लिटेररी फोरमका उपाध्यक्ष, स्यांग्जा साहित्य प्रतिष्ठानका आजिवन सदस्य, प्रगतीशिल लेखक संघ कास्कीका सदस्य र पश्चिमान्चल बाङमय प्रतिष्ठानका सदस्यका रुपमा साहित्यको विकास र प्रबद्र्धनमा क्रियासील भईरहेका छन् ।
अंग्रेजी साहित्यका विद्यार्थि प्रा.डा क्षेत्रीले अंग्रेजी साहित्यमा विशेष दख्खल राख्दछन् । जिवनको उत्ताराद्ध ५० वर्ष उमेर पुगेपछि साहित्य लेखनमा हात हालेका प्रा.डा क्षेत्री त्रिभुवन विश्वविद्यालयबाट भर्खरै सेवा निवृत भएका हुन् ।
साहित्यकार प्रा.डा. क्षेत्रीको सम्मानमा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक बालकृष्ण भट्टाराई, बरिष्ठ कथाकारद्वय प्रा.डा.कपीलदेव लामिछाने र विजय सागर, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष विजय सागर, बरिष्ठ कबि रुद्र ज्ञवाली, वरिष्ठ साहित्यकार मणिराम भट्टाराई, नारि स्रष्टा एल. शर्मा, सिर्जनसील साहित्यीक समाजका अध्यक्ष तेजप्रसाद पन्थ, शहीद स्मृति पुस्ताकालयका अध्यक्ष घनश्याम गौतम, माधव प्रसाद पन्थि, सिता काफ्ले, नरेश के.सी लगायतले स्वागत गरेका थिए । उक्त अवसरमा साहित्यकार प्रा.डा. क्षेत्रीले आफ्नो साहित्यीक अनुभव सुनाएका थिए ।












प्रतिक्रिया