१५ कार्तिक २०८३, आइतबार

तनहुँमा ट्रकको ठक्करबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Truckतनहुँ, ४ फागुन । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना४ख २४५० नंको ट्रकले पृथ्वीराजमार्गअन्तर्गत घाँसीकुवा गाविस वडा नं ८ छिर्कनेमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सोमबार साँझ उक्त ट्रकको ठक्करबाट घाँसीकुवा गाविस वडा नं ८ निवासी ५० वर्षीय यामबहादुर सापकोटाको मृत्यु भएको हो ।

उक्त ट्रकको ठक्करबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस