कञ्चनपुर, ३ फागुन । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीको शाखा कञ्चनपुरले जिल्लामा पार्टी शुद्धिकरण अभियान सञ्चालन गरेको छ ।
यसैक्रममा सोमबार कृष्णपुर रैकवार समवन्य समितिको पार्टी शुद्धिकरण अभियान कृष्णपुरमा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाको स्वास्थ्य चौकीको सभाहलमा पार्टी शुद्धिकरण अभियान तथा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
एकीकृत नेकपा माओवादी कृष्णपुर र रैकवार समन्वय समितिका संयोजक महेशदत्त जोशीको सभापतित्वमा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष टेकेन्द्र प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष गोपाल रसाईली, भातृ संगठन वाइसिएलका केन्द्रिय सदस्य अर्जुन सिंह साउद, जिल्ला कमिटी सदस्य पदम ओझा, कैलाश सुनार र सिके भट्ट रहनुभएको थियो ।
कार्यक्रममा कृष्णपुर नगर कमिटीका सचिव मदन नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।












प्रतिक्रिया