१५ कार्तिक २०८३, आइतबार

‘विप्लव’ माओवादी छाड्ने उप्रेतीको यस्तो छ चालामाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TP Upreti Maoकाठमाडौं, ३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका भक्तपुर सेक्रेटरी तिलक मल्ल ‘क्षितिज’ले संगठनमा निश्क्रिय रहेका केही पलायनवादी नेताहरुले मैदान छाड्दैमा पार्टीलाई कुनै हानी नोक्सानी नहुने बताएका छन् ।

भक्तपुर जिल्लाबाट केही नेताहरुले सोमबार ‘विप्लव’ माओवादी परित्याग गरेर बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति अभियानमा प्रवेश गरेका सम्बन्धमा दैनिक नेपालसँग कुरागर्दै सेक्रेटरी मल्लले भने, ‘हाम्रा केही नेता र कार्यकर्ताले पार्टी छाडेको सुनिएको छ । तीमध्ये केही व्यक्ति निश्क्रिय भएका व्यक्ति हुन् । केही व्यक्ति आर्थिक अपचलनमा आन्तरिक छानविनमा परेका नेताहरु छन् ।’

पार्टी छाड्नेमध्येका टीपी उप्रेती माओवादी आन्दोलनमा लागेर आर्थिक अनियमिततामा डामिएको व्यक्ति रहेको भक्तपुर सेक्रेटरी मल्लले दाबी गरे । ‘भक्तपुरमा बन्दै गरेको गणेशमान सिंह उद्यानमा आर्थिक अनियमितता गरेपछि पार्टीले टीपी उप्रेतीका विषयमा आन्तरिक छानविन गरिरहेको थियो’, उनले भने, ‘कारबाहीको डरले पार्टी छाडेर गएका छन् । यस्ता व्यक्ति जहाँ गएपनि देश र जनताको बोझ हुन् ।’ उप्रेतीविरुद्ध पार्टी र स्थानीय प्रशासनमा उल्लेख्य उजुरी परेको जनाइएको छ ।

स्थायी घर मकवानपुर जिल्ला भएका उप्रेतीले भक्तपुरको सूर्यविनायकमा आर्थिक अनियमितता गरेर घडेरी खरिद गरेका छन् । सो विषयमा पनि माओवादीले छानविन गरिरहेको थियो । उप्रेतीसँग पार्टी छाडेकाहरुका विषयमा छानविन गरेर छिट्टै निर्णय लिइने सेक्रेटरी मल्लले बताए ।

‘विप्लव’ माओवादी छाडेर नयाँ शक्तिमा २० जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । नयाँ शक्ति प्रवेश गर्नेहरुमा टीपी उप्रेतीसहितका रहेको दाबी गरिएको छ । नयाँ शक्तिमा गएका अन्य व्यक्ति आफ्ना पार्टीका नेता तथा कार्यकर्ता नरहेको मल्लले बताएका छन् ।