१५ कार्तिक २०८३, आइतबार

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष भण्डारीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-Bhandari1काठमाडौं, ३ फागुन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएको छ ।

सोमबार हृदयघातपपछि त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा उपचार गराइरहेका भण्डरारीको निधन भएको हो ।

लामो समयदेखि यातायात व्यवसायमा सक्रिय अध्यक्ष भण्डरीको निधनपछि उनको अन्तिम संस्कारका लागि महासंघको केन्द्रीय समितिले तयारी गरिरहेको महासचिव सरोज सिटौलाले जानकारी दिए ।

भण्डारीको निधनपछि महासंघको केन्द्रीय बैठकले संस्थागत निर्णय गर्दैछ । सुदूरपश्चिम पुख्यौली घर भएका भण्डारी हाल राजधानीमा बस्दै आएका थिए ।