
– रबिना बोहरा
बागलुङ, ३ फागुन । बागलुङ नगरपालिका वडा नम्बर ११ मा रहेको अस्मिता रिसाईक्लिन कपास उद्योगमा आगलागी भएको छ ।
सोमबार दिउँसो १२ बजेर ३० मिनेट जाँदा विद्युत सर्ट भई एक्कासी आगलागी भएको हो । आगलागी हुँदा करिब १० लाख रुपैँया बराबरका सामाग्रीहरु जलेर नष्ट भएको बताइएको छ । उद्योग भित्र रहेका मेसिन, मोटर एवं कच्चा पदार्थहरु सबै नष्ट भएको उद्योग सञ्चालक तामलाल बन्जाडेले जानकारी दिनुभयो ।

आगलागीपछि नेपाल प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएको बताइएको छ । उद्योगमा रहेको १ लाख १० हजारको मोटर, ६ लाख ८० हजारको कपास पेल्ने मेसिन, १ लाखको जस्ता पाता र १ लाख बराबरका कच्चा पदार्थ जलेर नष्ट भएको सञ्चालक बन्जाडेले बताउनुभयो ।
उद्योगको नजिकै ब्यारेक भएकाले पनि आगो निभाउन समय नलागेको प्रहरीले जनाएको छ । आगलागी भएको सुचना प्राप्त गरेसंगै जिल्ला प्रहरी कार्यालय बागलुङबाट दमकल पठाएर आगो नियन्त्रणमा लिइएको थियो । 












प्रतिक्रिया