१५ कार्तिक २०८३, आइतबार

घुस खाएर लाइसेन्स बाड्ने यातायातका हाकिम अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aakhtiyar

काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नेपालगन्जको एक सेवाग्राहीले विद्युतीय स्कुटर आयात गर्दा अनुमति लिने क्रममा उपसचिव पोखरेलले रु एक लाख ८० हजार घुस माग्दामाग्दै विभागको कार्यालयबाट पक्राउ परेका थिए ।

‘हस्ताक्षर गरेपछि यसो मिलाइदिनु प¥यो नि’ भन्दै पोखरेलले सेवाग्राहीसँग घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले केही दिनअघि पोखरेललाई पक्राउ गरेको थियो । आयोगले पोखरेललाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस