
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज विहान पशुपति जानुभई अराध्यदेव पशुपतिनाथको दर्शन गर्नुभयो ।
सो अवसरमा उहाँले गत वैशाख १२ गतेको भूकम्पले त्यहाँ पु¥याएका क्षतिका संरचना बारेमा पनि जानकारी लिनुभएको थियो
विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण धरोहरका संरचनाका पुन निर्माणका बारेमा प्रधामन्त्री ओलीले जानकारी लिनुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
“शिवरात्री नजिकै आइरहेको सन्दर्भमा भत्केका पाटी पौवाको पुनःनिर्माणका विषयमा प्रधानमन्त्रीले चासो लिनुभयो उहाँले भन्नुभयो ।
क्षतिग्रस्त सम्पदाको पाँच वर्षभित्र कोषले पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सदस्य सचिव डा टण्डनले जानकारी दिनुभयो । यस वर्ष पशुपति क्षेत्रको पुनःनिर्माणका लागि सरकारले रु २५ करोड उपलब्ध गराएको छ । पुनःनिर्माणका लागि अपुग रकम सरकारसँग माग गर्ने कोषले जनाएको छ ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महत पनि सहभागी हुनुहुन्थ्यो । रासस












प्रतिक्रिया