१५ कार्तिक २०८३, आइतबार

आफैले चलाएको सवारीले लियो चालकको ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanahu_districtतनहुँ, ३ फागुन । आफैँले चलाएको ट्र्याक्टरले थिचेर तनहुँमा एक ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार जिल्लाको जामुने गाविस वडा नं ९ बस्ने २८ वर्षीय बलराम सुनारको गएराति ट्र्याक्टर दुर्घटनामा परी मृत्य भएको हो ।

श्याम्घाबाट देउरालीतर्फ जाँदै गरेको ग१त ३४७३ नंको ट्र्याक्टर श्याम्घा गाविस–९ स्थित बाह्रबिसेको कच्ची सडकबाट करिब १० फिट तल खस्दा सो दुर्घटना भएको हो ।

घटनास्थलमा प्रहरी पुग्दा त्यही ट्र्याक्टरले चालक सुनारलाई थिचेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस