काठमाडौं, २९ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य दलहरूलाई संयुक्त आन्दोलनमा सहभागी गराउने उदेश्यले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा जारी बैठकमा तीन साना दलहरूलाई पनि मोर्चामा सहभागी गराउने विषयमा छलफल भइरहेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
बैठकले शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव नेतृत्वका पार्टीहरूलाई मधेसी मोर्चामा सहभागी गराउने विषयमा निर्णय गर्नेछ । आजै सो विषयको घोषणा गर्ने तयारी भएको छ ।















प्रतिक्रिया