काठमाडौं, २९ माघ । आफ्नो भारत भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बालुवाटारमा अपरान्ह चार बजे बस्ने बैठकमा फागुन ७ गतेदेखि हुने भनिएको आफ्नो भारत भ्रमणका विषयमा ओलीले दलहरुसँग परामर्श गर्ने बुझिएको छ ।
भारतसँगको आफ्नो सम्बन्ध सुध्रिएपछि ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर भ्रमणमा जाँदैछन् ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बुझिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्रै बोलाइएको छ ।















प्रतिक्रिया