३१ आश्विन २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा कांग्रेस नेताको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

इलाम, २९ माघ । मेचीराजमार्गअन्तर्गत इलामको बरबोटेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस इलामका क्षेत्रीय सदस्य महेश कार्कीको ज्यान गएको छ ।

पाँचथरबाट इलामतर्फ आउने क्रममा मे७प ५०९ नंको मोटरसाइकल बरबोटे–५ मा दुर्घटनामा परी इलाम नगरपालिका–५ का ३७ वर्षीय कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

कार्की हालै सम्पन्न भएको नेकाको जिल्ला अधिवेशनमा इलाम क्षेत्र नं ३ बाट क्षेत्रीय सदस्यमा निर्वाचित भएका थिए । रासस