३१ आश्विन २०८३, शनिबार

विश्वकप क्रिकेटः नेपालले आठ विकेट गुमायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Riju-Rijal

काठमाडौं, २८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नामिबियाबीच ‘प्ले अप’ खेल जारी छ ।

बंगलादेशको फतुल्लाह मैदानमा २२६ रनको लक्ष्य पछ्याइरहेको नेपालले २३ ओभरको समाप्तिमा ४ विकेट गुमाएको छ । नेपालका ओपनर शंकर राना २ रनमा आउट भए ।

दोस्रो विकेटका रुपमा सुनील धमला ५९ रन बनाएर आउट भए । उनले ६३ बलमा ९ चौका हाने । तेस्रो विकेटका रुपमा कप्तान राजु रिजाल १ रनमा आउट भए । चौथो विकेटका रुपमा उपकप्तान योगेन्द्र कार्की ३५ रनमा आउट भए । उनले ६४ बल खेलेर ५ चौका हानेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले २६ ओभरको खेलमा ११३ रन बनाएको छ । अहिले क्रिजमा आरिफ शेख र दिपेन्द्र ऐरी रहेका छन् ।