
– विमल योगी
कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शव आउनुभन्दा दुई घण्टादेखि पशुपति आर्यघाट शुचेच्छुकहरूको भीडले खचाखच भरिएको थियो । नजिकै रहेका ४० उमेर पुगेका एक व्यक्तिले भन्दै थिए, ‘मान्छे कति धेरै आएका हुन् !’ मैले प्रश्न गरे, गिरिजाप्रसाद कोइरालाको पालामा भन्दा अलि कम होलान् नि ? ती व्यक्तिले भने, ‘म पशुपतिनाथको मन्दिरमा चढाउने गाईको रेखदेख गर्ने व्यक्ति हुँ । म पशुपतिनाथ मन्दिर परिषरभित्र रहेको घरमा बस्छु । मैले गिरिजाप्रसाद कोइरालाको शव यात्रा पनि हेरेको थिए । आज सुशील कोइरालाको पनि हेरे । तर गिरिजाप्रसाद कोइरालाको भन्दा सुशील कोइरालाकोमा धेरै मान्छे आर्यघाटमा जम्मा भएको देखे ।’ सडकको दायाँबायाँ उभिएका सर्वसाधारणले कोइरालाको शवयात्राको स्वागत गरेको देखिन्थ्यो ।















प्रतिक्रिया