३१ आश्विन २०८३, शनिबार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-swarajकाठमाडौं, २६ माघ । नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक प्रकट गर्न भारत सरकारका उच्च प्रतिनिधि आज अपराह्न यहाँ आउनुहुने भएको छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराज दिवङ्गत नेता कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्न यहाँ आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री स्वराजले नेता कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं कमल थापासँग पनि आजै साँझ उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका शीर्ष नेतृत्वसँग छलफल गरेर आजै साँझ भारतीय विदेशमन्त्री नयाँदिल्ली फर्कने बताइएको छ । रासस