३१ आश्विन २०८३, शनिबार

कोइराला बिरामी भएको समाचार किन लुकाइयो ? दोषी को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil koirala Congress

गिरिजाप्रसाद बिरामी भएको समाचारका विषयमा सबै सुरुदेखि नै जानकार थिए । यद्यपि सुशील कोइराला थला परेको विषय यति गोप्य राखियोकि उनको मृत्यु भएपछि मात्रै सबै विषय बाहिर आए । कोइराला बिरामी परेर अन्तिम अवस्थामा पुग्दा पनि समाचार लुकाइएको विषयमा नेपाली कांग्रेसले समीक्षा गर्नेछ । खोजबिन गर्नेछ । अहिले कांग्रेस शोकमा रहेकाले यस विषयमा ध्यान नपुग्न सक्छ । तर सभापति कोइरालाको बिरामी भएको समाचार नदिएको विषयमा एक पटक कांग्रेस कार्यकर्ताले गम्भीर रुपमा लिनै पर्छ । अहिले कांग्रेसको महाधिवेशन चलिरहेको थियो । यति गम्भीर बिरामी परेका कोइरालाको समाचार लुकाएर कसैले व्यक्तिगत वा राजनीतिक लाभ लिन खोजेको हो कि भने महाराजगञ्जमा जम्मा भएका कार्यकर्ताले प्रश्न उठाएका छन् ।