काठमाडौं, २६ माघ । सभापति सुशील कोइरालाको निधन भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले सभापति कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिनुका साथै अन्य विभिन्न निर्णय गर्नेछ ।















प्रतिक्रिया