३१ आश्विन २०८३, शनिबार

आईसीसी यू- १९ मा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Cricketकाठमाडौं, २२ माघ । आईसीसी यू १९ विश्वकपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ । १४ वर्षपछि नेपालसँग आजफेरि यू–१९ विश्वकपमा बंगलादेश भीड्न लागेको हो ।

घरेलु मैदानमा बंगलादेशलाई हराउन नेपाली टिमलाई धेरै मिहिनेत गर्नुपर्नेछ । बलियो अबस्थामा रहेको बंगलादेशले नेपाली टिमलाई कम ठानेको छैन । खेल अहिले केही समय लगत्तै हुँदैछ ।

नेपालले पनि यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्ने इतिहासलाई दोहोर्‍याएको छ । पहिलो खेलमा टेस्ट मान्यताप्राप्त न्युजिल्यान्डमाथि ३२ रनको जित हात पारेको नेपालले सन्दीप लामिछानेको ह्याट्रिकमा अर्को खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यसपछि नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ७ विकेटले पराजित भयो ।

नेपालले अर्को आईसीसी यू–१९ विश्वकपमा सीधै छनोट हुने अवसर पाएको छ । बंगलादेशमा भइरहेको यू–१९ विश्वकपमा एसोसिएटमध्ये शीर्ष रहने टिम सन् २०१८ मा न्युजिल्यान्डमा हुने प्रतियोगितामा सीधै छनोट हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बिहीबार दुबईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बंगलादेशमा एसोसिएटबाट नेपाल, अफगानिस्तान, नामिबिया, स्कटल्यान्ड, आयरल्यान्ड, फिजी र क्यानडाले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा नेपाल र नामिबिया मात्र एसोसिएट राष्ट्रबाट क्वाटरफाइनल पुग्ने टिम हुन् । नेपाल र नामिबियामध्ये जो माथि रहन्छ, त्यही टिम न्युजिल्यान्डको विश्वकपका लागि सीधै छनोट हुनेछ ।