१ कार्तिक २०८३, शनिबार

युवा संघका अध्यक्ष राजीव पहारीले किन पाउँदैछन् बधाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari

– कमलराज भट्ट

काठमाडौं, २० माघ । युवा संघका अध्यक्ष राजीव पहारीलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । चर्चित विद्यार्थीका नेताका रुपमा छबि बनाए पनि युवासंघमा आएपछि सुसुप्त रुपमा सांगठानिक काममा मात्र व्यस्त भएका पहारी जब युवा संघको केन्द्रीय अध्यक्ष बने, तब उनी बधाइका लागि पात्र बन्न थाले ।

कारण हो– गुटै गुटले थलिएको युवा संघलाई एकताबद्ध बनाउँदै नेतृत्व दिनसक्नु । वाइसीएलको दबदबालाई समाप्त पार्दै नेपाली राजनीतिमा युवा संघको वर्चश्व स्थापित गरेका महेश बस्नेतकै शैलीमा उनी मधेशमा हानिए । पार्टीकै नेता मधेशमा जान नसकेका बेला उनी मधेशमा जानु कम्ती हिम्मतिलो कदम थिएन् । उनी मधेशका जिल्ला जिल्लामा मात्रै होइन्, आन्दोलनकारीले अडड जमाएको मितेरी पुलसम्म पुगे । र, युवा संघको स्पष्ट वैचारिक अडान प्रस्तुत परे ।

मंसिरदेखि मधेश जागरण अभियान चलारहेको युवा संघ नेपालको एउटै दाबी थियो– ‘मधेशी मोर्चा भारतका गुलाम हुन्, जनताका सच्चा पहरेदार हैनन् ।’

संविधान संशोधनपछि भारतको केन्द्रीय सरकार नेपाल सरकारसँग सकारात्मक भएको भन्ने सन्देश प्रवाह नहुँदै मधेशी मोर्चाका नेताहरु बिहारी नेता लालू यादवलाई भेट्न उनकै निवासमा पुगे । तर, लालूले उनीहरुलाई घरभित्र समेत लैजान चाहेनन् । मिडियाकै अगाडि आँगनमा भेटे । जुन ‘जिम्दारको आँगनमा मुक्त कमैयाहरु’बीचको भेटवार्ताझैँ देखियो । लालू यादवले मधेशी नेतालाई आँगनमा गरेको ‘अपमानपूर्वक’ भेटको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्वीर सार्वजनिक भएपछि मधेशी मोर्चाका नेताहरुले गाली खाएका छन् भने राजीबले ताली ।

morcha

यतिबेला राजीवलाई फोन गरेर बधाई दिनेहरुको ओइरो नै लागेको छ । यसरी बधाई दिनेमा व्यापारी, व्यवसायी, कलाकार, पार्टीका ठुल्ठुला नेता लगायत छन् । उनीहरुले युवा संघले मधेसमा उठाएको एजेण्डाको प्रशंसा गरेको अध्यक्ष पहारीले दैनिक नेपालसँग बताए ।

‘तपाईँहरुले जुन इश्यू उठाएर प्रतिकुल समयमा मधेसमा जानुभयो, त्यो एकदम सरहानीय छ । तपाईँहरुको अभियानले मधेशी मोर्चाको आन्दोलन मत्थर भएको छ । आन्दोलनमा समर्थन खोज्न मधेसी नेताहरु विहारी नेताका अगाडि दोस्रो दर्जाको रैति जस्तो भएर बसेका छन् । यसले नेपाललाई सिक्किमीकरण भुटानीकरण गर्न खोजेको प्रमाणित गरिदिएको छ । तपार्इँको अभियान एकदमै ठीक छ ।’ विभिन्न व्यक्तिबाट बधाई र प्रशंसास्वरुप पाएका शब्द उधृत गर्दै राजीवले दैनिक नेपालसँग भने ।

यसो त मधेसमा जागरण अभियान सुरु गर्दा युवा संघले जताजतैबाट अपजस पाएको थियो । प्रधानमन्त्रीकै पार्टीका युवा सड्कमा जानु उचित नहुने भन्दै आलोचना पनि भएको थियो । ‘युवा संघको अभियानले दलहरुबीच संवादको वातावरण अबरुद्ध हुने भन्दै मधेश जागरण अभियान रद्द गर्न दबाब समेत परेको थियो । तर पनि हामीले हिम्मत हारेनौँ ।’– राजीवले भने । सुरुवातमा जतिसुकै आलोचना खेपे पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँगको छलफलपछि उनी मधेशमा होमिएका थिए । कतिपय ठाउँमा त उनले मधेशी मोर्चाको अवरोध झेल्दै पार्टी महासचिव पोखरेललाई समेत लिएर पुगे ।

मधेसमा कुनै पनि दलका नेता कार्यकर्ताले पाइला टेक्न नसकेको अवस्थामा अभियानै चलाउन हिम्मत गर्ने युवा संघले अभियानको सुरुवाती चरणमा मधेस आन्दोलन भारतको इशारा गरिएको, मधेसी नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्रराय यादव र महन्थ ठाकुर भारतको एजेन्ट भएको र भारतकै इशारामा भौगलिक र भावनात्मक रुपमा नेपाल विभाजनका लागि आन्दोलन गरेको दाबी गरेका थिए ।

जसलाई अहिले भाइरल भइरहेको एउटा फोटोले प्रमाणित गरिदिएको युवा संघका नेताहरु बताउँछन् । फोटो मात्रै होइन् आन्दोलनमा सहयोग माग्न विहारी नेताको शरणमा जानु, विहारका नेता लालु यादवका अगाडि ‘दास’ जसरी बस्नु, भारतका पूर्वमन्त्री रघुवंश सिंहसँग पटकपटक सहयोगको ‘भिख’ माग्नु र आन्दोलनमा विहारले १० लाख जनता पठाउने निर्णयले मधेसी नेताहरु भारतका ‘गुलाम’ भएको प्रमाणित गरेको पहारी बताउँछन् ।

उनी भन्छन्– ‘मधेसी नेताहरुको आन्दोलनमा पहिले गरेको गतिविधि हेरेर हामीले भारतका एजेन्ट मात्रै भनेका थियौँ । अहिले त गुलामै भएर निस्किएछन् । हामीले मात्र होइन्, सारा मधेसी तथा नेपाली जनताले उनीहरुलाई गुलाम भनेर चिने ।’ मधेसमा जाँदा धम्की दिने मधेसी मोर्चाका केही नेता र कार्यकर्ताले नै आफूलाई अहिले फोन गरेर धन्यवाद दिएको उनले बताए ।

मधेसी जनताको माझमा अभियान लिएर जाने प्रस्ताव सुनाउँदा धेरैले हावामा उडाएको स्मरण गर्दै पहारीले धेरैले आफूहरुलाई मधेस गर्न जानै सक्दैनौं भनेर भनेको समेत सुनाए ।

‘मधेसी नेताहरु विखण्डनकारी, विभाजनवादी, भारतको इशारामा नेपाललाई विभाजन गर्ने रणनीतिमा लागेको कुरा मधेसका जनताले पनि प्रत्यक्ष देखे, बुझे । यसले हाम्रो अभियानलाई पूर्ण रुपमा सफल बनाएको छ,’ उनले भने– ‘नयाँ संविधान समाप्त पार्ने र नेपाल विभाजित गर्न खोजेको कुरा आज प्रमाणित भयो ।’

अध्यक्ष पहारीले युवा संघको अभियानले मधेसमा जागरण ल्याइसकेको भन्दै मधेसी मोर्चाको आन्दोलनमा अब जनताले साथ नदिने ठोकुवा गरे ।

संघका अध्यक्ष पहारीसँग तराई–मधेशका जिल्लामा पुग्दै आएका युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले पनि मधेसी मोर्चाका नेताहरुको असली रुप सार्वजनिक भएको बताए । उनले भने– ‘भारतीय एजेण्ट हुन् भनेर हामीले पहिल्यै भनेका हौं । चारै नेतालाई जेल हाल्न पनि माग गर्यौं । तर, हामीलाई धेरैले हावा कुरा गर्ने भने । तर अहिले मधेसी नेता र आन्दोलनको असली रुप देखियो ।’ उनले मधेसी मोर्चाविरुद्ध आन्दोलन सुरु गर्न मधेशका जनतामा अपिल समेत गरे ।