
काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीच खेल चलिरहेको छ ।
खेलमा नेपालले तेस्रो विकेट गुमााएको छ । कप्तान राजु रिजाल ६ रनमा क्याच आउट भएका छन् । उनले २६ बल खेलेका थिए ।
यसअघि योगेन्द्र कार्की र सुनिल धमला आउट भइसकेका छन् । अहिले सन्दिप सुनार र आरिफ शेख क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले २० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रन जोडेको छ ।















प्रतिक्रिया