१ कार्तिक २०८३, आइतबार

विश्व तेक्वान्दो महासङ्घले भूकम्पपीडितलाई राहत दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो
फाइल फोटो

काठमाडौँ, १५ माघ । विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष डा छुङवोन छोको नेतृत्वमा १५ सदस्यीय तेक्वान्दो टोली आज नेपाल आएको छ ।

छोसहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एलफोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हानासियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सिफास, एसियन तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासङ्घका निर्देशक रोजर पियारुली, तेक्वान्दो महासङ्घका सल्लाहकार चाङसिनचोइ सहितको टोली यहाँ आएको हो ।

उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरण गर्नाका साथै पोखरामा उचाइमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो सङ्घका सदस्य दीपक विष्टले जानकारी दिनुभयो । टोलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । रासस