१ कार्तिक २०८३, आइतबार

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadakरत्ननगर (चितवन), १५ माघ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलामा सुक्खा पहिरो खसेर बन्द भएको सडक १५ घण्टापछि सञ्चालनमा आएको छ ।

बिहीबार राति ९ बजे सुक्खा पहिरो खसेर बन्द भएको सडक आज मध्यान्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले गाडी एकतर्फी रुपमा सञ्चालनमा आएको र दुईतर्फी सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । चार वटा डोजर लगाएर पहिरो हटाइएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी र यात्रु अहिले गन्तव्यतर्फ लाग्न थालेका छन् । मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फको कालिखोलामा सुक्खा पहिरो खसेको थियो । रासस