१ कार्तिक २०८३, आइतबार

हवाई सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlines-A320-Finalकाठमाडौँ, १४ माघ । वर्तमान विसम परिस्थितिमा हवाई सेवालाई प्रभावकारी बनाउने विषयमा सरोकारवालापक्षहरुसँग आज छलफल गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज आयोजना गरेको बैठकमा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, वायुसेवा कम्पनी सञ्चालक, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतसँग सो विषयमा छलफल भएको हो ।

बैठकमा वायुसेवा सञ्चालकले वा कुनै कम्पनीले अहिलेको अप्ठ्यारो परिस्थितमा हवाई इन्धन विदेशबाट सिधै ल्याउन चाहेमा नेपाल आयल निगमले सहयोग गर्ने र बायुसेवा कम्पनीले इन्धन आपूर्तिका लागि बैंकमा पहिलेही ग्यारेन्टी राख्नुपर्ने विषयमा पुनरावलोकन गर्ने विषयमा छलफल भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विद्ययमान अवस्थामा हवाई इन्धनको भाडा नबढाउन सरोकारवालापक्षलाई आग्रह गर्नुभयो ।

आपूर्तिमन्त्री गणेशमान पुनले छलफल भएका कुराहरुमा व्यवस्थापन गर्न सक्ने काम व्यवस्थापनले गर्ने र व्यवस्थापनले नसक्ने निर्णयहरुलाई सञ्चालक समितिको बैठकमा कार्यसूची बनाएर पेश गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभयो ।

हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्न आपूर्ति मन्त्रालय र नेपाल आयल निगम दुवै सकरात्मक रहेका छन् ।