१ कार्तिक २०८३, आइतबार

आईएमईद्धारा गुल्मीमा तीन जना बिद्यार्थीलाई छात्रबृति प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMe-Gulmi (1)

– अनिल खत्री
गुल्मी, १४ माघ । आईएमई रेमीटले गुल्मीका २ बिद्यालयका बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको छ ।

जिल्लाको तम्घासमा रहेका अर्जुन बोडिङ्ग स्कुल र रेसुङ्गा माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो । आईएमईले अर्जुन बोडिङ्ग स्कुलबाट कक्षा ३ की मेलिना सुनार र कक्षा ४ की श्रद्धा मुखिया, रेसुङ्गा माध्यमिक बिद्यालयबाट काक्षा १० अनुप भण्डारीलाई जनही रु १० हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ ।

आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको शैक्षिक आकांक्षालाई आर्थिक सहयोग पु¥याउने उदेश्यले छात्रबृत्ति कार्यक्रम राखिएको सेन्चुरी इन्टरनेशनल आईएमई गुल्मीका तेजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । छात्रबृति आईएमई तथा ग्लोबल आईएमई बैकद्धारा हिसान तथा प्याब्सनको सहकार्यमा ल्याईएको आइएमईका लुम्बिनी प्रमुख राप्रसाद शर्माले बताए ।

IMe-Gulmi (2)

गुल्मीको सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर दुई बिद्यालयका तिन जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदन गरिएको थियो । अर्जुन बोडिङ्ग स्कुलका प्रिन्सीपल दान बहादुर केसी, पत्रकार हरिकुमार श्रेष्ठ, ग्लोबल आईएमईका संजिब खड्का, आइएमईका लुम्बिनी प्रमुख शर्मा, सेन्चुरी इन्टरनेशनल आईएमई गुल्मीका तेजेन्द्र कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

गत असार मसान्त भित्र आबेदन दिएका बिद्यार्थीहरु मध्येबाट छात्रबृति प्रदान गरिएको बताइएको छ । बैशाखमा गएको भुकपले प्रभाबित सिमान्तकृत तथा सबै समुदायका कक्षा १ देखि ११ सम्म अध्ययनरत देशभरका बिद्यार्थीहरुले छात्रबृत्तिका लागी आबेदन दिएका थिए ।

आइएमईले स्थापना गरेको १० लाख रुपैयाको कोषबाट हिसान तथा प्याब्सनसंग सम्बन्धीत शैक्षिक संस्थाका अतिरिक्त अन्य सरकारी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक आकांक्षालाई परिपुर्ति गर्न देसभरबाट वार्षिक १ सय जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने आइएमईका लुम्बिनी प्रमुख शर्माले भनाई छ ।