– राजेन्द्र आचार्य
चितवन, १४ माघ । पूर्वी चितवनको रत्ननगर–७ र ८ मा पर्ने टिकौलीस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि रत्ननगर महोत्सव सुरु हुँदैछ ।
हरेक दुई–दुई वर्षमा आयोजना गरिँदै आएको महोत्सव नाकावन्दीका कारण मिति सारेर सारेर १९ दिनपछि आज माघ १४ गतेबाट २४ सम्म महोत्सव गर्न लागिएको हो ।
११ दिनसम्म चल्ने मोत्सवको महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने आन्तरिक तथा बाह्य तयारी सबै तयारी बुधबार नै पूरा गरिएको थियो ।
रत्ननगर महोत्सवको आठौ संस्करणको सुरु हुँदैछ । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती आठौं रत्ननगर महोत्सव २०७२ कोे नेपाल उपराष्ट्रपति नन्दबहादुर पुनले मध्यान्ह १२ वजे उद्घाटन गर्ने महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
यस अघि बिहानी १० बजे पूर्वी रत्ननगर टाडीस्थित नेपाल उच्च माविको चौरदेखि शोभा यात्रा सुरु भई टिकौली चौर झांकीसहितको प्रस्तुति रहने महोत्सवका सदस्यसचिव देवन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
भने नगरको विभिन्न ठाउमा रंगीचंगी बनाई सिगारिएको छ । यस्तै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।















प्रतिक्रिया