१ कार्तिक २०८३, आइतबार

आइफोनको माग घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iphone_6

सान फ्रान्सिस्को, १३ माघ । प्रसिद्ध विद्युतीय सामान उत्पादनक कम्पनी एप्पलले आफ्नो आइफोन सन् २००७ मा उत्पादन भएदेखि राम्रो बजार लिइरहेकोमा पछिल्लो समयमा यसको बिक्रीमा कमी देखिएको जनाएको छ ।

आइफोन बजारमा आएदेखि नै यसको बिक्री उच्च रहेको थियो ।

पछिल्लो समयमा आइफोन बिक्रीमा देखिएको मन्दिका अलावा यस कम्पनीको त्रैमासिक नाफा अघिल्लो वर्षको तुलनामा दुई प्रतिशतले बढी रहेको कम्पनी स्रोतले जनाएको छ ।

सन् २०१५ को डिसेम्बर २६ मा सकिएको पछिल्लो तीन महिनाको हिसाव अनुसार एप्पलले आफ्ना सामान बिक्रीबाट दुई प्रतिशत अर्थात् १८.४ अर्व अमेरिकी डलर नाफा गरेको हो ।

यसैबगरी, कम्पनीले ७५.९ अर्व अमेरिकी डलर राजस्व जम्मा गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा थप दुई प्रतिशत राजस्वका लागि योगदान पुर्याएको बताएको छ ।

एप्पलले सन् २०१५ को अक्टुबर, नोभेम्बर र डिसेम्बरमा सात करोड ४८ लाख आइफोन, बिक्री गरेको थियो ।

सो अवधिमा सात करोड ४५ लाख आइफोन बिक्री भएको एप्पलले बताएको छ । आइफोनकोे अघिल्ला वर्षहरुमा हुने गरेको बिक्री वृद्धि प्रतिशतको तुलनामा यो वर्षको बिक्री वृद्धि प्रतिशत कमी भएको कम्पनीले जनाएको छ । रासस/एएफपी