१ कार्तिक २०८३, आइतबार

भारतले आज ठप्पै पार्‍यो वीरगञ्ज नाका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १२ माघ । चार महिनादेखि अघोषित नाकाबन्दी गरिरहेको भारतले मंगलबार देशकै प्रमुख वीरगञ्ज–रक्सौल नाका पुरै ठप्प पारिदिएको छ ।

मंगलबार दिउँसो कारण नखुलाई एक्कासी रक्सौल नाकामा भारतीय पक्षले आवत जावतमा समेत रोक लगाएका हुन् । साढे ३ बजे रक्सौल भन्सारले आफ्नो ढाट झारेर नाका ठप्प पारेको व्यवसायी आनन्द झाले बताए । उनले भने– हामीलाई न पारी जान दियो, न वारी आउन दियो बीचमै रोक्यो ।

उनका अनुसार भारतीय पक्षले नाका ठप्प पारेपछि रक्सौल पुगेका नेपालीहरु उतै रोकिनु परेको थियो । उसले मोटर साइकल र पैदल यात्रीलाई समेत रोक लगाएको थियो । साढे ५ बजेपछि मात्रै ढाट हटाएको थियो ।

रक्सौल भन्सारका कर्मचारीले माथिको आदेशमा नाका ठप्प पारिएको बताए । यसैबीच भारतीय पक्षले सोमबारदेखि रक्सौल प्रवेश गर्दा नेपाली सवारीले अनुमति पास लिनुपर्ने प्रावधान लागु गरिसकेको छ ।