
काठमाडौं, १२ माघ । सिभिल बैंक लिमिटेड र इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने सम्झौता भएको छ ।
सोमबार राजधानीमा भएको सम्झौतामा सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङ्ग तथा इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्सका अधयक्ष अन्जय बहादुर शाहरुले हस्ताक्षर गर्नुभयो ।
मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै सञ्चालक समिति एवं उच्च व्यवस्थापन यथायत रहने बताइएको छ । मर्जरपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी रु ५ अरब ९ करोड, निक्षेप रु २८ अरब २२ करोड, कर्जा रु २५ अरब १४ करोड, सम्पत्ति रु ३६ अरब ९३ करोड पुग्ने छ, भने शाखा संख्या ५१ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले जानकारी दिनुभयो ।















प्रतिक्रिया