
तिलोत्तमा (रुपन्देही), ११ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको आर्थिक समृद्धिका लागि एक दशकसम्म राजनीतिक स्वार्थ छाडेर बिना अवरोध निजी क्षेत्रलाई काम गर्न दिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष मुरारकाले राजनितिक परिवर्तनलाई सार्थक बनाउन आर्थिक परिवर्तन आवश्यक भएकाले जनताको जीवनस्तर उकास्ने गरी आर्थिक समृद्धि गर्न नेपालको निजी क्षेत्र तयार रहेको बताउनुभयो ।
उहाँले नयाँ संविधान जारीपछि आर्थिक समृद्धिको बाटो खुल्ने आशा निजी क्षेत्रले गरेको भएपनि अहिले सबैभन्दा पीडा निजी क्षेत्रले नै बेहोर्नुपरेको र यसले पुँजी पलायनको खतरा बढेको बताउनुभयो ।
कार्यक्रममा पुर्व सासंद बाबुराम रानाले राजनीतिक दलहरूले सही व्यवस्थापन गर्न नसक्दा समस्या आएपनि दलको विकल्प नभएको बताउनुभयो । रासस















प्रतिक्रिया