
– नरेश केसी
लुम्बिनी, ११ माघ । एक दशकदेखी पत्रकारितामा क्रियाशील निरु गौतमले विश्व पर्यटनको केन्द्र लुम्बिनीमै लुम्बिनी दर्शन मार्फत पर्यटन व्यवसायमा हात हालेकी छन् ।
पत्रकार गौतमद्वारा सन्चालित लुम्बिनीको महिलवारस्थित मखन गल्लीमा होटल लुम्बिनी दर्शनको एक समारोहकाबीच आइतबार उद्घाटन भएको छ । सिद्धार्थ होटल एसोसियसन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले होटल लुम्बिनी दर्शनको उद्घाटन गर्दै भने “सन्चार क्षेत्रमा सफल पत्रकार गौतमद्वारा सन्चालित होटलले लुम्बिनीको पर्यटन व्यवसायमा ठूलो टेवा पुग्ने विश्वास लिएको छु ।”
अध्यक्ष श्रेष्ठले नाकाबन्दी र मधेस आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो असर परेको बेला पनि होटल लुम्बिनी दर्शनको उद्घाटन हुनु महत्वपुर्ण भएको जनाउदै भने “यस्तो अवस्थामा पनि होटल लुम्बिनी दर्शन शुरु भएको छ । लुम्बिनी आउने स्वदेशी तथा विदेशी पर्यटककोलागी यो होटल विश्वासीलो र भरपर्दो हुनेछ ।”
होटल लुम्बिनी दर्शनको उद्घाटन अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम अर्याल, शसस्त्र प्रहरी बल लुम्बिनी बेस प्रमुख डिएसपी भरत कोइराला, पर्यटन पत्रकार चेतन पन्त, सिद्धार्थ होटल एशोसीयसनका उपाध्यक्षद्वय किशोर जोसी र मिथुन कुमार श्रेष्ठ, महासचिव लिलामणी शर्मा, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष मनोरन्जन शर्मा, लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राई, इप्रका बेलहिया प्रमुख दिलीपराज झा, होटल व्यवसायी प्रविन मल्ल, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी, सचिव शारदा मल्ल, राष्ट्रिय समाचार समितीका कमल रायमाझी, कान्तिपुर टिभीका भुवन पाण्डे, एभिन्युज टिभीका राधेश्याम विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
करिब ७५ लाख लगानीमा १२ वटा सुविधा सम्पन्न कोठा, भएको उक्त होटल पर्यटन मैत्री हुने होटलको निर्देशक निरु गौतमले जनाइन् । होटलमा चाइनीज, इन्डिीयन, श्रीलंकन, नेपाली कन्टीनेन्टल खानाका परिकारहरु पाइने सन्चालकले जनाएका छन् । १० वर्ष देखी विभिन्न मिडीयामा सक्रिय रुपमा कार्यरत पत्रकार गौतम हाल कमाण्डरपोस्ट, बुद्ध टि.भीमा कार्यरत छिन् । लुम्बिनी सन्चारिका समुहकी महासचिव समेत रहेकी गौतमद्वारा होटलले पर्यटककोलागी प्याकेज सुविधा दिने योजना बनाएको जनाउदै भनिन : हामीले विदेशी तथा स्वदेशी पर्यटककोलागी प्याकेज नै तयारी गरि लुम्बिनी भ्रमणलाइ अवस्मरणीय बनाउन सहयोग गर्नेछौं ।
















प्रतिक्रिया