३१ आश्विन २०८३, शनिबार

बाबुरामको नयाँ शक्तिमा आज को-को प्रवेश गर्दै ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiकाठमाडौं, १० माघ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नयाँ शक्तिको राष्ट्रिय परिषद घोषणा गर्दै छन् । भट्टराईले राजधनीमा पत्रकार सम्मेलन गरेर परिषद्को घाषणा गर्न थालेका हुन् ।

परिषदमा पुरानी नायिका करिश्मा मानन्धर, निर्माता तथा कलाकार अशोक शर्मा औपचारिक रुपमा नयाँ शक्तिमा आवद्ध हुने स्रोतले जनाएको छ ।

अमेरिका बसेर केही महिलाअघि काठमाडौं आएका कलाकार सरोज खनाल यसअघि नै भट्टराईको नयाँ शक्ति अभियानमा लागि सकेका छन् ।

बाबुरामलाई पूर्व एआईजी गणेश राईले पनि साथ दिने बताइएको छ । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गर्ने स्रोतको दाबी छ ।

जनजाति नेताहरु पासाङ शेर्पा, केशवमान शाक्यलगायतले नयाँ शक्ति अभियानलाई राजनीतिक पार्टीका रुपमा आकार दिन सहयोग गर्दै आएका छन् ।

राजधानी दल निर्माणका लागि आफ्नो नयाँ शक्तिलाई अगाडि बढाएका भट्टराईले आगामी वैशाखमा समावादी शब्द राखेर दल घोषणा गर्दै छन् । उनको दलको आलोचना पनि हुँदै आएको छ ।

एमाओवादी छाडेर नयाँ शक्ति गठन अभियानमा लागेका बाबुरामलाई धेरै जसो आफ्नै पूराना पार्टीका नेता तथा कार्यकर्ताहरुले साथ दिएका छन् ।