३१ आश्विन २०८३, शनिबार

संविधान संशोधनमा दलहरुबीच सहमति, संसद बैठक सुरु (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad

काठमाडौं, ९ माघ । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।

प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित गर्ने सहमति भएलगत्तै संसद बैठक सुरु भएको संसद सचिवालयले जनाएको छ ।

====

झण्डै पाँच घण्टापछि प्रमुख दलहरुबीच संविधान संशोधन विधेयकमा सहमति भएको छ ।

दिउँसोदेखि सहमति जुटाउन कानुनमन्त्री अग्नी खरेलको संयोजकत्वमा कांग्रेस, एमाले र एमाओवादीको कार्यदल छलफलमा थियो । भर्खरै तीन दलको कार्यदलले सहमति गरी संयुक्त संशोधनको प्रस्ताव तयार पारेको नेताहरुले बताएका छन् ।

मधेसका माग सम्बोधनका लागि घोषणा भएको झण्डै चार महिनापछि संविधान संशोधन गरिन लागिएको हो ।

====
कांग्रेस नेता मिनेन्द्र रिजालले पेस गरेको संशोधन विधेयकमै तीन दलबीच सहमति भएको संसद सचिवालयले जनाएको छ । सहमति जुटेपछि केहीबेरमै संविधान संशोधन विधेयक परिमार्जनसहित संसदले पारित गर्नेछ । त्यसका लागि केहीबेरमै संसद बैठक बस्दैछ ।

यस्तो रिजालले पेस गरेको प्रस्ताव

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि रिजालले जनसंख्याका आधारमा तराईमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने संशोधन प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

उनको यो प्रस्तावमा अन्तिममा आएर एमाले र एमाओवादीले पनि सहमति जनाएको हो ।

हेर्नुस् संशोधन प्रस्तावः

sansad-sansodhan