१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय फुटबलका पूर्व कप्तानसहित पचासौं जना एमालेमा प्रवेश, महासचिवद्धारा भव्य स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-party-Parbesh (2)

काठमाडौं, ९ माघ । राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान एवं चर्चित राष्ट्रिय खेलाडी राकेश श्रेष्ठ तथा बालरोग चिकित्सक डा. प्रदिप जोशीसहित करिब ६ दर्जन व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले टिका लगाई स्वागत गरे ।

एमाओवादी समर्थित विशेष नेवा मुक्ति मोर्चाका जिल्ला सदस्यहरू भरत प्रजापति, सुरेन्द्र कर्माचार्य, रामबहादुर प्रजापति, मधु प्रजापति, हरिकृृष्ण खड्गी, ज्योतीका महर्जन, सविना खड्गी, इन्द्रमाया महर्जन, भिन्द्ययो प्रजापति, लक्ष्मी प्रजापति, राधिका मानन्धर, रेणुका तण्डुकार, श्यामहरि नापित, चतुरमान थपलिया, दुर्गा महर्जन, प्रेस महर्जन, हरिलाल डंगोल तथा एमाओवादी सल्लाहकार डिल्लीराम राजभण्डारी र सदस्यकुमार अधिकारी, वाइसिएल काठमाडौ जिल्लाका सदस्य गणेश शेर्पा, जङ्गे शेर्पा, एमाओवादी समर्थित मगर राष्ट्रिय मुक्ति मोर्चा काठमाडौका सदस्य कुमार थापा, उद्धव थापा, निर्मल थापा तथा कार्यकर्ता प्रकाश थापा, किरण थापा, बुद्ध झा, अविनभ झा एवं नेपाली कांग्रेसका क्रियाशील सदस्य परित्याग गरि सुरेश शाहीसहित करिब ६० जना नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी, काठमाडौ क्षेत्र नं. ५ को विशेष कार्यकर्ता भेलामार्फत एमालेमा प्रवेश गरेका हुन् ।

Uml-party-Parbesh (1)

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने- ‘स्वप्नदर्षीहरू स्वप्ना देख्छन् । भविष्यलाई सुन्दर बनाउने सपना बोक्छन् र त्यही मार्गचित्रमा हिड्ने प्रयत्न गर्छन् । हाम्रा मुलुकका प्रधानमन्त्रीज्यूले मुलुकको उचित भविष्यका लागि देख्नुभएको स्वप्न र त्यसको मार्गचित्रमाथि जुनखालको पटाक्षेप भएको छ, त्यो भत्र्सनायोग्य छ । योजना कुनै चमत्कारले पूरा हुँदैन । त्यसको एउटा खाकाअर्थात् सपना हुन्छ, अनि त्यसको कार्यान्वयनको मार्गचित्र कोरिन्छ । हामी कुनै चमत्कारले होइन, योजनाबद्ध रूपले अहिलेको मुलुकको प्रमुख जल्दोबल्दो (नाकाबन्दी) समस्यालाई बढीमा ३ साताभित्र हल गर्नेछौं ।’

पार्टी क्षेत्रीय कमिटीका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम नयाँ संविधानको कार्यान्वयन, पार्टी कामको नियमित अद्यावधि तथा पार्टीप्रतिको आकर्षणलाई थप आकर्षित बनाउन नवप्रवेशीहरूलाई एकैपटक क्षेत्रीयस्तरमै स्वागत गर्न र पार्टीका स्थानीय कमिटीहरूसम्मको परिचालन गर्ने उद्देश्यले भेला आयोजना गरिएको आयोजक क्षेत्रीय कमिटीका सचिव अनिता लामाले बताइन् ।