३१ आश्विन २०८३, शनिबार

नेप्सेमा सामान्य सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepseकाठमाडौँ, ९ माघ । गत साता पहिलो दिनको तुलनामा २२.९८ अङ्कले बढेको नेप्से यो साता पनि सकारात्मक नै रहेको छ ।

यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.३२ अङ्कले बढेर अन्तिम दिन १२१२.३२ अङ्कमा पुगेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १०६ कम्पनी ११ हजार ९१९ कारोबारबाट रु दुई अर्ब ५० करोड ३७ लाख एक हजार बराबरका ३७ लाख ५८ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २.२३ प्रतिशत बढी हो ।

गत साता १६१ कम्पनी २७ हजार ३७४ कारोबारबाट रु दुई अर्ब ४५ करोड १० लाख ६५ हजार बराबरका ५१ लाख १२ हजार एक सय २० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता वाणिज्य बैंकको ०.९७, विकास बैंक २०.३९ र अन्य समुहको परिसूचकमा ५.८७ अङ्कले वृद्धि भएको छ भने वित्तको ३.३५, होटलको ०.०७, जलविद्युत्को ९.४२ विमा ६५.३५ र उत्पादनमुलक समूहको ५२.३५ ले कमी आएको छ । व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन नभएको नेप्सले उल्लेख गरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३९ अङ्कले बढेर २६०.७५ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा नेपाल बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्यामा ग्लोबल आइएमइ बैंक अग्रस्थानमा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

त्यसैगरी यो साता प्रोग्रेसिभ फाइनान्स र गरिमा विकास बैंकको क्रमशः आठ लाख एक हजार ६०० कित्ता र १४ हजार ९९४ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने काँक्रेविहार विकास बैंक ३४ हजार ५०० कित्ता सेयर सूचीकृत भएको छ । रासस