३१ आश्विन २०८३, शनिबार

शालिनदीमाथि पुल निर्माण हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salinadi

साँखु (काठमाडौँ), ९ माघ । भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर साँखुको शालिनदीमाथि पुल निर्माण कार्य थालिएको छ ।

चन्द्रावती जानेहरूका लागि सहज हुने सो पुलको निर्माण काठमाडौँ जिविसले रु २२ लाखको लागतमा निर्माण गर्न लागेको हो ।

काठमाडौँ क्षेत्र नं २ का सभासद् दीपकप्रसाद कुँइकेलले शुक्रबार पुलको उद्घाटन गर्नुभएको थियो । यो पुल सञ्चालनमा आएपछि स्थानीय कृषकलाई आफ्ना खेत जान पनि सहयोग पुग्नेछ ।

शङ्खरापुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमका अनुसार शालिनदीको पुरानो बगैँचा रहेको स्थानमा ‘एक नगर एक उद्यान’ कार्यक्रम अन्तर्गत पार्क बनाउन तयारी थालिएको छ । रासस