३१ आश्विन २०८३, शनिबार

टिकापुर र गौरकाण्ड दोहोर्‍याउने षडयन्त्र यसरी बिफल भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

कार्यक्रममा सहभागी हुन आइरहेका नेकपा (एमाले) का कार्यकर्ता प्रकाश ढकाललाई हत्या गर्ने हिसावले पाशविक हमला गरियो, उनलाई मर्‍यो भनेर फालियो । संयोगले, उपचारपश्चात उहाँले नयाँ जीवन पाउनुभएको छ र हाल उहाँ खतरामुक्त अवस्थामा उपचारारत हुनुहुन्छ । सभास्थलभन्दा ५ किमि पूर्व रहेको डाइनिया गाउँमा गोली चलेपछि उहाँलाई हत्या गर्ने प्रयत्न गरियो, सांघातिक हमला गरिएको थियो । वितण्डाकारीहरूका यस्ता कामपछि सुरक्षाकर्मीहरूले रोक्ने प्रयत्न गरे !! यसै क्रममा डायनीया – ९ का शिव माझी मारिए ।

लोकतान्त्रिक विधिद्वारा आफ्ना कुराहरू जनताका विचमा राख्न जाँदा त्यहाँ जान पाईंदैन, विचार लैजान पाइँदैन, त्यहाँ गए गौर र टिकापुर घटनामा जसरी नरसंहार गर्ने कुराको सार्वजनिक रूपमा ऐलान गर्ने र त्यस अनुरूपनै हिंस्रक गतिविधि संगठित गर्ने कामलाई के भन्ने ? एकातिर ‘तराई–मधेसबाट लखेटिए, अब जान सक्तैनन’ भन्ने अर्कोतिर ती क्षेत्रमा गएर कार्यक्रम गर्न खोज्दा त्यसमाथि सांघातिक हमला गर्न संगठित प्रयत्न गर्ने – यसलाई के भन्ने ? यसलाई फासिष्ट चिन्तन र आचरण बोकेर संगठित गर्न खोजिएको वितण्डा नभनेर के भन्ने ?