
काठमाडौं, ८ माघ । सिभिल बैंक लिमिटेडको अध्यक्षमा ई. इच्छा राज तामाङ्ग निर्विरोध निर्वाचित हुनुभएको छ ।
बैंकको विहीबार बसेको संचालक समितिको बैठकले तामाङ्गलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी बैंकले पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताहरुको समूहको सञ्चालक समितिमा ई. ईच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।















प्रतिक्रिया