३१ आश्विन २०८३, शनिबार

मध्यराति फेरि भूकम्प, काठमाडौँमा पनि धक्का महसुस (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earthquake-Gorkha-dainiknepal

काठमाडौँ, ८ माघ । बिहीबार मध्यराति नेपालमा फेरि भूकम्प गएको छ ।

बिहीबार राति १ बजेर ७ मिनेट जाँदा धादिङ र नुवाकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू गोरखा देखाएको थियो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म पनि महसुस गरिएको छ । भूकम्पपछि काठमाडौँका केही स्थानका बासिन्दा घर बाहिर निस्केका छन् । नेपालमा एक हप्तापछि भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि एक साताअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।