मुस्ताङ, ७ माघ । मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म ८० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाको सुरुङमार्ग, विद्युत्गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ८० प्रतिशत काम सम्पन्न भएको आयोजनाका साइट म्यानेजर सुदीप खड्काले जानकारी दिनुभयो । आयोजनाको मुहानदेखि टुकुचेस्थित विद्युत्गृहसम्म एक हजार ८३० मिटर लामो सुरुङ खन्नुपर्नेमा ४०० मिटर मात्रै खन्न बाँकी छ । माउन्ट कैलाश इनर्जी प्रालिले करिब दुई अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको आयोजनाबाट उत्पादित विद्युत् पर्वतको मोदीस्थित सबस्टेसनमा जोडिनेछ । त्यसका लागि कोबाङ र दानामा सबस्टेसन निर्माण र खम्बा विस्तारको काम पनि भइरहेको छ ।
सरकारले २३२ केभिए प्रसारण लाइनका लागि म्याग्दीका दाना गाविसमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया सुरु गरे पनि आयोजनाले भने दाना नजिकै धरापमा सञ्चालित तातोपानीका जलविद्युत् आयोजनाबाट मोदीखोला सबस्टेसनसम्म जोड्ने तयारी गरेको छ । विसं २०६८ देखि निर्माण सुरु गरेको आयोजनाले सुरुमा ११ मेगावाट विद्युत् उत्पादन हुने अध्ययन गरेपनि पछि त्यसलाई बढाएर १३.२ मेगावाट पु¥याएको हो । आयोजना निर्माण सम्पन्न हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । रासस















प्रतिक्रिया