३१ आश्विन २०८३, शनिबार

शिखर शुको नयाँ शोरुम कोटेश्वरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koteshwor

काठमाडौं, ७ माघ । नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले कोटेश्वर महादेवस्थान जाने बाटोमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

माघ ७ गते उक्त शोरुमको उद्घाटन कम्पनिका प्रबन्ध सन्चालक राम कृष्ण प्रसाई तथा अमुदि फुड्स प्रा. लि. का सन्चालक अच्युत बस्नेतले सामुहिक रुपमा उद्घाटन गर्नुभयो । यसभन्दा अघि सन्चालनमा आएको डिल्लिबजारको शोरुम सहित शिखर शुका २८ वटा शोरुमहरु पुगेका छन् ।

ग्राहकहरुको सुबिधाको लागि हरेक महत्वपूर्ण स्थानहरुमा शोरुम खोल्ने वा स्थानिय ब्यापारीहरुलाई आफ्ना पसलहरुबाट शिखर शुका उत्पादनहरु उपलब्ध गराउन प्रोत्साहित गर्ने शिखर शुको निति रहेको कुरा कम्पनिका प्रबन्ध सन्चालक राम कृष्ण प्रसाईले उद्घाटनका क्रममा बताउनुभयो । बजारमा लोकप्रिय यु एण्ड मी ब्राण्ड सहित बिभिन्न ब्यवसायमा संलग्न अच्यु बस्नेतले नेपालको नं. १ ब्राण्ड शिखर शुसँग कारोबार गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

भृकुटि मण्डपमा जारी यसपटकको ५औं बिग सेल मेलामा ग्राहकहरुको अपार माया पाइरहेको र उक्त मेला माघ ११ गतेसम्म चल्ने शिखर शुका सेल्स म्यानेजर अर्जुन घिमिरेले बताउनुभयो ।