३१ आश्विन २०८३, शनिबार

बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच शीर्ष तहमा वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meeting

काठमाडौं, ७ माघ । प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष स्तरीय वार्ता सुरु भएको छ ।

मधेसका मुद्दामा सहमति खोज्न विहान ९ बजेदेखि वार्ता सुरु भएको हो ।

वार्तामा प्रमुख तीन दलका शीर्ष नेता सहभागी छन् । यसैगरी मोर्चाका तर्फबाट उपेन्द्र यादव, हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला सअभागी छन् ।

यसअघि तीन दल–मोर्चा कार्यदल स्तरको वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले शीर्ष तहमा मात्रै वार्ता गर्ने निर्णय गरेको थियो ।

मोर्चासँग सहमति खोज्न भन्दै शीर्ष तीन दलको आग्रहमा संसद बैठक दुई दिन पर सारिएको छ । मोर्चासंग सहमति खोजेर ९ गते संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारी तीन दलले गरेका छन् ।