काठमाडौं । गायिका टीका पुनको आजकाल अलि व्यस्तता बढेको छ । उनको व्यस्तता विभिन्न जिल्लाहरूमा भइरहेका महोत्सव र सांगीतिक कार्यक्रमका कारण भएको हो ।
यसै साताभित्र उनले पोखरा, गुल्मीलगायतका जिल्ला पुगेर गीत गाएकी छिन् । उनले ती महोत्सवमा दर्शक स्रोताको न्यानो माया पाएको बताइन् । ‘महोत्सवहरूमा जाँदा दर्शक र स्रोताहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाइन्छ’, टीकाले भनिन्, ‘आफ्ना समर्थकहरूसँग प्रत्यक्ष भेट्दाको आनन्द अलग हुन्छ ।’
यसअघि हालै मात्रै गायिका टीका हङ्कङमा लमजुङ समाजले राखेको सांस्कृतिक कार्यक्रममा सहभागी भएर आएकी हुन् । समाजले बोलाएर राम्रो स्वागत सत्कार गरेको टीकाले उल्लेख गरिन् ।
लोकदोहरी गीत रेकर्डिङमा पनि टीका व्यस्त रहने गरेकी छिन् । पछिल्लो केही साता यता दिनमा कम्तिमा दुई वटासम्म गीत गाउनु परेको बताइन् । ‘आफैले एल्वम निकाल्ने गरेकी छैन’, उनले भनिन्, ‘अरुले आग्रह गर्नु हुन्छ । गएर गाउँछु । त्यस वाफत पारिश्रमिक पाउने गरेकी छिन् ।’
पुराना लोक गायक गायिकाको गीत सुन्न मन पराउने टीकालाई अहिलेका नयाँ गीतहरूपनि औधि मन पर्छ । ‘अहिलेका गीतहरू राम्रा छन्’, उनले भनिन्, ‘समय परवेशअनुसार आएको गीतसंगीतको आफ्नै महत्व हुन्छ ।’
समय समयमा विदेशतिरका सांगीतिक कार्यक्रमहरूमा गीत गाउने पुग्ने गायिका टीकाले १०/१२ मुलुक घुमीसकेकी छिन् । टीकाले जापान, कोरिया, हङ्कङ, इजारयल, युके, कतार, मलेसियालगायतका देश घुमिसकेको बताइन् ।















प्रतिक्रिया