३१ आश्विन २०८३, शनिबार

संसद बैठक बस्दै, संविधान संशोधनमा छलफल गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad-bhawanकाठमाडौं, ७ माघ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनमा परेका पुरक संशोधनमा छलफल हुने बुझिएको छ ।

दलहरुबीच यसअघि भएको सहमतिअनुसार आजबाट संसदमा संविधान संशोधनको पुरक संशोधनमा छलफल हुने कार्यक्रम छ ।

तर मधेसी मोर्चाले पुरक संशोधनमा पनि मन खुलाएर चित्त बुझाएको छैन । मधेसी मोर्चाका चित्त बुझाएर सोही प्रस्तावलाई छलफल गरी सदनबाट अनुमोदन गर्ने पक्षमा प्रमुख तीन दल लागेका छन् ।

समावेशी र समानुपातिक प्रतिनिधित्व तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषयमा कांग्रेसका सांसदहरुले पुरक संशोधन दर्ता गराएका छन् । अन्य केही दलका सांसदले पनि पुरक संशोधन दर्ता गराएका छन् ।