३१ आश्विन २०८३, शनिबार

मधेसी मोर्चासहित प्रमुख दलका शीर्ष नेताहरुबीच वार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatarकाठमाडौं, ७ माघ । संसदमा रहेको संशोधन प्रस्ताव र मधेसी मोर्चाका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चासहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने बैठकमा संविधान संशोधनमा परेका पुरक संशोधनका विषयमा छलफल हुनेछ । सो विषयमा सहमति गर्नका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको हो ।

यसअिघ कांग्रेस, एमाले र एमाओवादीसहितका सत्तारुढ दलहरुको बुधबार बसेको बैठकले मधेसी मोर्चासँग छलफल गरेर संविधान संशोधनमा कुरा मिलाउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई आधार बनाइ मधेसी मोर्चाका अन्य मागका विषयमा पनि छलफल हुनेछ ।