
काठमाडौं । बडो अजिवको छ सिनेनगरी, काँचको पर्दामा अन्तरजातिय विवाह या बहुविवाह विरुद्धमा अभिनय गर्दै आएका नायिकाहरु आफैं दोस्रो श्रीमति बन्न पुगेका छन् ।
कसैले पूर्व श्रीमति नभएका श्रीमान् रोजेका छन् त कोहि सौतिनी भएर दुनिँयालाई सित्तैमा मनोरञ्जन गराएका छन् ।
केही बर्ष अगाडिमात्रै पूर्व प्रहरी प्रमुख मोतीलाल बोहोराकी दोस्रो पत्नी भएर भित्रिएकी मिथिला शर्मा, निर्माता छबी ओझाकी तेस्रो श्रीमती बनेर भित्रिएकी रेखा थापा, निखिल उप्रेतीको दोस्रो श्रीमति बनेर भित्रिएकी सञ्चीता लुईटेल, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भुवन चन्दको दोस्रो श्रीमति बनेर भित्रिएकी सौजन्य सुब्वा, भुवन केसीको दोस्रो पत्नी बनी भित्रिएकी सुश्मिता केसीहरुको भीडमा अर्काे नायिका सिम्पल खनाल थपिएकी छिन् । उनले बौद्धस्थित ह्यात होटलमा धुमधामसँग दोश्रो विवाह गरेकी छिन ।
म्युजिक भिडियोमा खेल्दा खेल्दै निर्देशक प्रशन्न पौडेलसँग गहिरो प्रेममा परेसँगै विवाह गरेकी सिम्पलको वैवाहिक दिनचार्य धेरै टिक्न सकेन । वेलायतमा बस्दै आएका एनआरएन नदिनसँग सिम्पलले दोस्रो लगनगाँठो कसेकी हुन् ।















प्रतिक्रिया