१ कार्तिक २०८३, शनिबार

सलमानले गरे अर्काे ठूलो खुलासा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khanमुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो जीवनकै गोप्य बानीको खुलासा गरेका छन् ।

मंगलबार एक अंग्रेजी पत्रिका डीएनएसँगको अन्तर्वार्तामा फ्यानले अहिलेसम्म थापा नपाएको आफ्नो जीवनको बानीबारे सोधिएको प्रश्नमा सलमानले आफूलाई फिल्म हेर्दा निद्रा लाग्ने वानीको खुलासा गरे ।

उनले भने-सत्य कुरा के हो भने मलाई आफ्नो फिल्म हेर्न बस्दा तुरुन्तै निद्रा लाग्छ । यो कुराले फ्यान मलाई नराम्रो भन्न सक्छन् तर, यो साँचो हो ।’ उनले आफ्नो मात्रै नभई अन्य कलाकारको फिल्म हेर्दा पनि निद्रा लाग्ने बताए ।

आफ्नो अर्काे वानी खुलाउँदै सलमानले आफूलाई रोमान्स गर्न मनपर्ने भन्दै यस्ता फिल्ममा काम गर्दा रमाइलो हुने बताए । उनले भने- म अनस्क्रीन र अफस्क्रीन दुबै प्रकारका रोमान्स गर्न मनपराउँछु र यस्ता फिल्म मेरो प्राथमिकतामा हुन्छ ।

सलमान खान हाल फिल्म ‘सुल्तान’को शूटिंगमा व्यस्त छन् ।