१ कार्तिक २०८३, शनिबार

राहदानीको अभियान राजमार्गमा !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahadani rajmarga-2

काठमाडौं । प्रदर्शन मिति दुई महिना बाँकी रहँदा चलचित्र राहदानीले प्रचार प्रसार अन्तर्गत राजमार्ग अभियान सम्पन्न गरेको छ । चलचित्रबारे राजमार्गमा यात्रा गर्ने दर्शकलाई जानकारी गराउन यो अभियान सुरु गरिएको यसका निर्माता लक्ष्मी प्रसाद ढकालले जानकारी गराएका छन् ।

राजमार्ग अभियान अन्तर्गत काठमाडौं, बनेपा बर्दिबास सडक खण्ड, बर्दिबास पथलैया हेटौंडा सडक खण्ड, हेटौं देखि नारायणघाट सडक खण्डका विभिन्न स्थानमा राहदानीको भित्तेलेखन अभियान सम्पन्न गरिएको छ । यस्तै नारायणघाट देखि नवलपरासी, बुटबल सडक खण्ड, नारायणदेखि मुग्लिन सडक खण्ड, दमौली देखि मुग्लिन सडक खण्ड र मुग्लिन देखि नागढुँगा सडक खण्डमा पनि रादहानीको प्रचार स्वरुप भित्तेलेखन अभियानसम्पन्न भएको छ ।

यी राजमार्ग अन्तर्गत एक सय भन्दा बढी स्थानमा चलचित्र राहदानीको प्रदर्शनी मिति बारे भित्तेलेखन सम्पन्न गरिएको छ । ‘गाउँ शहर देखि राजधानी,हेर्नेछन सबैले राहदानी’ नारासहित यो अभियान सुरु गरिएको हो । यो चलचित्र आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने यसका लेखक निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।

बैदेशिक रोजगारीका समस्यालाई उजागर गरिएको यो चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, बिनिता घिमिरे, सृजना सुब्बा, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल, आयुष्मा श्रेष्ठ सहितको अभिनय रहेको छ ।

rahadani rajmarga-1  rahadani rajmarga-4